कोरोनाभाइरस महामारी सुरु भएपछि बेलायतमा एकै दिनमा सबैभन्दा धेरैको मृत्यु रेकर्ड गरिएको छ । त्यहाँ पछिल्लो २४ घन्टामा १ हजार ३ सय २५ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका हुन् ।
योसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० हजार पुगेको छ ।
अनि पछिल्लो २४ घन्टामा बेलायतमा ६८ हजार ५३ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।
अर्कोतिर बेलायतमा तेस्रो कोरोनाभाइरस भ्याक्सिनले पनि अनुमति पाएको छ । अमेरिकी मोडेर्ना कम्पनीले बनाएको भ्याक्सिनलाई अब बेलायतमा अनुमति दिइएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।