अदालतमा विचाराधिन विषयमा प्रभाव पार्ने काम कतैबाट हुनु हुँदैन : कमल थापा
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले अदालतमा विचाराधिन मुद्दाको विषयमा प्रभाव पार्ने काम कतैबाट हुनु नहुने बताएका छन्  । 

सामाजिक सञ्जालमा सक्रिय थापाले शनिबार बिहान् ट्वीट गर्दै यस्तो बताएका हुन् । शुक्रबार चारजना पूर्वप्रधानन्यायाधीशले विज्ञप्ति सार्वजनिक गर्दै प्रतिनिधिसभा विघटन असंवैधानिक भनेपछि थापाले यस्तो टिप्पणी गरेका हुन् । 

संवैधानिक प्रावधानमा केही अस्पष्टता भए त्यो हटाउन सर्वोच्चले व्याख्या गर्नुपर्ने भन्दै उनले यस्तो बताएका हुन् । संविधान कार्यान्वयमा देखिएका विवाद निरुपण गर्ने अधिकार सर्वोच्च अदालतलाई भएको उनको भनाइ छ ।

‘संविधान कार्यान्वयनमा देखिएका विवाद/अस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतको हो’, थापाले ट्वीटरमा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटन सम्बन्धि संवैधानिक प्रावधानमा केही अस्पष्टता छ।सो अस्पष्टता हटाउन सर्वोच्चले व्याख्या गर्नुपर्ने अवस्था छ।अदालतमा विचाराधिन विषयमा दवाव/प्रभाव पार्ने काम कतैबाट हुनु हुंदैन ।’ 





  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार ९:१४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया