कोभिड-१९ को अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ता भित्र्याउन चीन सहमत
फाइल फोटो

कोरोना भाइरस(कोभिड–१९) को उद्गमस्थल मानिएको चीनमा अब विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताले अनुसन्धान गर्न पाउने भएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाले दिएको खबर अनुसार चीनले विश्व स्वास्थ्य संगठनका प्रतिनिधिलाई चीनमा रहेर कोभिड–१९ भाइरसको अनुसन्धान गर्न अनुमति दिएको हो । 

विश्व स्वास्थ्य संगठनले चीनमा कोभिड–१९ भाइरसको उत्पतिबारे अनुसन्धान गर्न खोजेको थियो । चीनले अनुसन्धानका लागि अनुमति दिएको थिएन । 

सिन्ह्वाका अनुसार चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरूलाई चीनमा आएर अनुसनधान गर्न अनुमति दिएको नेशनल हेल्थ कमिसनका निर्देशक चेन इसिनले जानकारी दिएका छन् । चेनका अनुसार केही दिनमा नै विश्व स्वास्थ्य संगठनको टोली चीन आउने छ । 

अनुसन्धानको प्रक्रिया तथा ढाँचाबारे चीन सरकारलाई जानकारी दिएपछि अनुसन्धान सुरु हुने चेनले बताएका छन् । अनुसन्धानकर्ताहरूलाई वुहानमा पुगी चिनियाँ अनुसन्धानकर्ताहरुले पनि सहयोग गर्नेछन् । 





  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार १४:६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया