प्रचण्ड शनिबार अपराह्न स्वदेश फर्किए

पत्नी सीताको उपचारका लागि भारत गएका नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार अपराह्न स्वदेश फर्किएका छन् । पुस २० गते भारत गएका प्रचण्ड नेपाल एयरलाइन्सको उडानबाट आज फर्किएका हुन् । 

भारत लैजानुअघि सीतालाई मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो । स्वास्थ्य जटिल बन्दै गएपछि सीतालाई लिएर प्रचण्ड भारतको मुम्बई गएका थिए । 

प्रचण्ड फर्किए पनि उनको साथमा गएका छोरीहरु रेनु र गंगा दाहाल भने आमाको उपचारका लागि मुम्बईमै छन् । 

सीताको यसअघि भारत,अमेरिका, सिंगापुरलगायत देशमा उपचार गरिएको थियो । सीता प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी)बाट लामो समयदेखि पीडित छिन् ।





  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार १७:५८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया