बेलायतकी महारानीले लगाइन् कोरोनाविरुद्धको भ्याक्सिन

बेलायतमा बकिंघम दरबारका अनुसार रानी एलिजाबेथ तथा प्रिन्स फिलिपले कोरोनाभाइरसको भ्याक्सिन लगाएका छन् ।

बिबिसीमा आएको समाचारअनुसार रानी एलिजाबेथले आफूले भ्याक्सिन लगाएको कुरा सबैलाई जानकारी दिन अनुरोध गरेकी थिइन् । उनले विभिन्न अड्कलबाजी नहोस् भनेर यो विषयमा जानकारी दिन सचिवालयलाई बताएकी हुन् ।

उनी ९४ वर्षकी भएकी छिन् । त्यस्तै, प्रिन्स फिलिप ९९ वर्षका भएका छन् ।

बेलायतमा १५ लाख मानिसहरुले अहिलेसम्म कोरोना भ्याक्सिनको पहिलो डोज लगाइसकेका छन् । 

पछिल्लो २४ घन्टामा बेलायतमा कोरोनाभाइरस संक्रमित थपिएपछि ३० लाखभन्दा धेरै संक्रमित पुगेका छन् । त्यस्तै बेलायतमा ८० हजारले कोरोनाका कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार २३:१४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया