माधव नेपालको टिप्पणी– घमण्डी केपी ओली झुटको अर्को नाम हो
फाइल तस्वीर ।

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई झुटको पुलिन्दा भएको नेता बताएका छन् । सिरहामा आज भएको एक कार्यक्रममा सम्बोधन गर्दै नेपालले ओली घमण्डी, दम्भी भएको र झुटको अर्को नाम भएको बताएका हुन् ।

‘नेकपा आफूसँगै हुने भनेर उहाँले झुट बोल्दै हुनुहुन्छ,’ नेपालले भने, ‘अहिले बहुमत सदस्य हामीसँग हुँदा पार्टी कसरी उहाँको हुन्छ ?’

उनले विभाजनअघिको नेकपाका केन्द्रीय सदस्यमध्ये ३ सय ५० भन्दा बढी सदस्य आफ्नो समूहमा भएको र विघटित प्रतिनिधिसभाका ९५ जना सांसद् आफ्नो समूहमा भएको पनि दाबी गरेका छन् । 

‘बहुमत हामीसँग छ, ओलीसँग घमण्ड, दम्भ र झुट छ,’ नेपालले भने । 

उनले अहिले झुटको पुलिन्दा बोकेर ओलीले जथाभावी बोलिरहेको पनि टिप्पणी गरेका छन् । 





  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार २३:२७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया