नेकपा ओली समूहले केन्द्रीय सदस्य थपेर २२ सय बढी पुर्‍याउने

नेपाल कम्युनिस्ट पार्टी ओली समूहले केन्द्रीय कमिटीमा सदस्यहरु थप्ने तयारी गरेको छ । 

यसका लागि यो समूहले विधान संशोधन पनि गरिसकेको छ । यसअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले संसद विघटनपछि बोलाएको केन्द्रीय कमिटी बैठकमा सदस्यहरु थपेर १५ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाएका थिए ।

विभाजनअघि भएको नेकपाका केन्द्रीय सदस्यहरुभन्दा आफ्नो समूहमा बढी भएको देखाउन ओलीले यस्तो गरेको नेकपाको अर्को समूह प्रचण्ड–नेपाल समूहका नेताहरुले आरोप लगाउँदै आएका छन् ।

तर, अब ओलीले थप ७ सय जनाभन्दा बढी केन्द्रीय सदस्य थप्ने भएका छन् । 

नेकपामा ओली समूहले अहिलेसम्म कसैलाई पनि केन्द्रीय सदस्यबाट निस्कासन गरेको छैन । यो समूहले पार्टी प्रवक्ताको जिम्मेवारीबाट नारायणकाजी श्रेष्ठलाई हटाउँदै प्रदीप ज्ञवालीलाई यो जिम्मेवारी दिएको छ ।

नेकपामा बहुमत केन्द्रीय सदस्यले प्रचण्ड–नेपाल समूहलाई साथ दिएपछि ओलीले यो कदम चालेका हुन् । योसँगै अब नेकपा ओली समूहमा केन्द्रीय सदस्यको संख्या २२ सयभन्दा बढी हुने भएको छ । यसबारे ओलीले आफ्नो समूहलाई सर्कुलर पनि गरिसकेका छन् ।



अहिले नेकपाका यी दुवै समूह आआफ्नो शक्ति प्रदर्शनमा रहेका छन् ।



  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार ४:३०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया