जो बाइडेनले भने– राष्ट्रपति संविधानभन्दा माथि छैनन्

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति संविधान र कानुनभन्दा माथि नहुने बताएका छन् । 

उनको यो संकेत पछिल्लो समय अमेरिकामा देखिएको हिंसात्मक प्रदर्शनका कारण राष्ट्रपति डोनाल्ड ट्रम्पलक्षित भएको हुनसक्ने अनुमान गरिएको छ ।

यसअघि अमेरिकी राजधानीमा भएको हिंसात्मक घटनालाई प्रश्रय दिएको भन्दै ट्रम्पका सामाजिक सन्जाल खाताहरु ट्विटर र फेसबुकले बन्द गरिएका थिए । ट्रम्पले अब ह्वाइट हाउस छोड्न ११ दिन मात्र बाँकी हुँदा उनीमाथि महाभियोग लगाउन सकिने विषयमा पनि अमेरिकामा चर्चा हुन थालेको छ । 

अनि यही समयमा बाइडेनले लेखेका छन्, ‘न्यायले आम मानिसलाई सहज बनाउँछ, शक्तिशालीलाई संरक्षण गर्दैैन, बचाउँदैन ।’ 





  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार ५:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया