सूर्य चिन्ह चाहिए प्रचण्ड–नेपाल नेकपामा फर्किउन्ः महेश बस्नेत

नेकपा ओली समूहका नेता महेश बस्नेतले नेकपा आधिकारिक रुपमा आफ्नो समूहको भएको दाबी गरेका छन् ।

शनिबार युवा संघले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले नेकपा र सूर्य चिन्ह ओली नेतृत्वको नेकपाले पाउने निश्चित भएको बताएका हुन् । 

यतिमात्र होइन, उनले अर्को समूहले सूर्य चिन्ह र नेकपा चाहियो भन्दै हिँड्न पनि नसुहाउने बताए । बरु सूर्य चिन्ह चाहिएको भए प्रचण्ड र नेपाल दुवै जना नेकपामा आउनु पर्ने उनको तर्क थियो ।

‘नेकपा चाहिने हो भने उहाँहरु नेकपामा आए हुन्छ, सूर्य चिन्ह पनि पाइन्छ,’ बस्नेतले भने, ‘नभए राजनीतिबाट सन्यास लिएर बसे हुन्छ ।’





  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार ६:१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया