प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा जसपाको विरोध प्रदर्शन
फरकधार / २६ पुस, २०७७

जनता समाजवादी पार्टी (जसपा) धनगढीमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोध र रेशम चौधरीसहित टीकापुर घटनाका बन्दीहरूको रिहाइको माग गर्दै सो पार्टीले प्रदर्शन गरेको हो ।  

सुदूरपश्चिमका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडिबाट सुरु भएको विरोध प्रदर्शन र्‍याली क्याम्पस चोकमा पुगेर विरोध सभामा परिणत भएको हो । विरोध सभालाई सम्बोधन गर्दै जसपाका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको जिकिर गरे । उनीहरूले प्रतिनिधिसभा विघटनलाई खारेज गर्नु पर्ने माग राखे ।  

यसैगरी, टीकापुर घटना राजनीतिक रहेको भन्दै त्यसको समाधान राजनीतिक रूपमै खोज्न माग गरेका छन् । उनीहरूले टीकापुर घटनाको बारेमा सत्यतथ्य पत्ता लगाउन तत्कालीन समयमा गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीहरूको रिहाइको माग गरेका छन् ।  

विरोध सभालाई सो पार्टीका केन्द्रीय सदस्य नारायण पुरी, नवराज सुवेदी, दुर्गा सोब, गोविन्द चौधरी, दानसिंह विश्वकर्माले सम्बोधन गरेका हुन् ।

धनगढीमा जसपाले गरेको विरोध प्रदर्शन । तस्बिर : कैलाश जोशी

  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार १२:७:५३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया