'केपी ओली जिरो भयो कि कहाँ गयो, निर्वाचनमा गएर हिसाब गरौं'

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनबाट सबै दलको हैसियत पत्ता लाग्ने बताएका छन्। राष्ट्रियसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनबाटै दलहरुको शक्ति परीक्षण हुने बताएका हुन्। 

उनले अब बहुमत अल्पमतको गफ चुट्ने दिन गएको बताउँदै सबैले निर्वाचनमा आफ्नो शक्ति परीक्षण गर्नुपर्ने बताए। 'अब गफ फिट्ने दिन गए। केपी ओलीको लोकप्रियता जिरोमा गयो कि कहाँ गयो निर्वाचनमै गएर हिसाब गरौँ', उनले भने, 'रेस्लिङको रिङमा नआउँदै केही मानिसहरु बेल्ट लगाउने देखिए। रिङमा आएर बेल्ट लगाएर देखाउनु, निर्वाचन भन्नेबित्तिकै किन खुट्टा कमाउनु?'

उनले आफूले अन्त नभइ निर्वाचनमा जाने भनेको जिकिर गरे। 'मैले अन्त कहीँ जाने भनेको होइन, प्रभुमका चरणमा जाने भनेको होइन, जनताबीच जाने भनेको हो', उनले थपे, 
'नेपाली जनताबीच गएर केपी ओलीलाई दण्डित गर्न आह्वान गर्नुस् ।

उनले देशमा रेल, पानी जहाज र जलमार्ग आदिसम्मको कुरा गरेपछि, संसद भवन र क्वार्टर पनि बनाउँछु भनेपछि सरकारविरुद्ध षडयन्त्र गरिएको आरोप लगाएका छन्।  
'देशमा विकासको लहर चलाएपछि केहीलाई सही नसक्नु भएको छ', उनले भने, 'यसअघि पनि विकासको लहर चलाएपछि सरकार ढालियो, क्रमभंग भएको भनियो। तर त्यसबेला पनि विकासले छलाङ मारेको थियो। यस पटक पनि विकास निर्माणका काम तीव्रताका साथ हुँदैछन्। अनि सरकारविरुद्ध षडयन्त्र गरियो।'





  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार १४:१४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया