क्लिन फिडमा अटेरी गर्ने तथा विदेशी विज्ञापन प्रसारण गर्ने सञ्चारमाध्यमलाई कारबाही हुने चेतावनी विज्ञापन बोर्डले दिएको छ ।
आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै बोर्डले विज्ञापन नियमन ऐन तथा नियमावली अनुसार गत कात्तिक ७ देखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागु गरेकोमा केही विदेशी च्यानलले हाल कानुनविपरीत विज्ञापन बज्न सुरु भएको गुनासोपछि सूचना जारी गरी कारबाही गर्ने चेतावनी दिएको छ ।
नेपाली च्यानलमा डबिङ गरी प्रसारण हुँदै आएको समेत विदेशी विज्ञापनसमेत क्लिनफिड विपरीत भएको बोर्डले स्पष्ट पारेको छ ।
कानुन विपरीत यस्ता विज्ञापन प्रसारण भइरहेको गुनासो प्राप्त भएको उल्लेख गर्दै बोर्डले त्यसो नगर्न नगराउन सम्बद्ध सबैको ध्यानाकर्षण गराएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।