चाकु बनाउन भ्याइनभ्याई छ व्यवसायीलाई (फोटो फिचर)

माघे संक्रान्ति नजिकिएसँगै टोखाका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याई छ । माघे संक्रान्तिमा खाने प्रचलन रहेकाले यो समयमा चाकुको खपत पनि बढी हुन्छ । 

काठमाडौंको टोखा चाकुका लागि प्रसिद्ध शहर हो । टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा छन् । यस वर्ष कोभिड–१९को प्रभावका कारण चाकुको माग कम  भए पनि उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याई छ । 

सख्खरलाई पकाएर राम्रोसँग फिटेपछि निर्माण हुने चाकु माघे सक्रान्तिमा खानैपर्ने परिकारको रुपमा प्रख्यात छ । माघे सक्रान्तिलाई नेवारीमा ‘घ्यःचाकु संल्हू’ भनिन्छ । नेवारी समुदायमा माघ एक गते मनाइने पर्वमा घिउ र चाकुको परिकार निकै महत्त्वपूर्ण मानिन्छ । 

यस वर्ष कोभिडको कारण चाकुको माग कम रहेको टोखा चाकु प्रोडक्सनका सञ्चालक हंसराज श्रेष्ठको भनाइ छ । जाडो महिनामा चाकु खाँदा शरिर तात्ने भएकाले पनि पुस लागेदेखि नै चाकुको माग बढ्ने गर्छ । 

माघे संक्रान्तिमा चाकुको माग बढ्ने भएकाले चाकु बनाउने कामलाई उद्यमीहरुले तिब्रता दिएका छन् । यसवर्ष सख्खरको मूल्य बढेको भएपनि चाकुको मूल्य नबढाइएको श्रेष्ठले बताए । ५० केजी चाकु बनाउन करिब ५ घण्टा लाग्ने श्रेष्ठले बताए ।



चाकु उत्पादनमा टोखा प्रसिद्ध भएको कारण मानिस चाकु किन्नका लागि टोखा सम्म पुग्ने गर्छन् । टोखाको चाकु सबैभन्दा धेरै उपत्यकामै विक्री हुने गर्छ भने विदेशबाट समेत माग आउने गरेको व्यवसायीहरु बताउँछन् । टोखामा परम्परागत शैलीबाट चाकु बनाइने हुँदा पनि मानिसहरुले टोखाकै चाकु खान मन पराउँछन् ।



  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार १५:५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया