काठमाडौं महानगरभित्रका विद्यालय माघ पहिलो सातादेखि खुल्ने

काठमाडौँ महानगरपालिकाले माघ पहिलो सातादेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने भएको छ ।

कोभिड–१९ संक्रमणको कारण गत वर्ष चैत ११ गतेदेखि बन्द रहेका शैक्षिक संस्थालाई महानगरपालिकाले माघको पहिलो सातादेखि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरेको हो । 

कोभिड १९ संक्रमण घट्दै गएको र नेपाल सरकारले पनि बिस्तारै बन्द रहेका संस्था खोल्ने तयारी गरिरहेको सन्दर्भमा विद्यालय सञ्चालनको तयारी गरेको काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले बताए । 

कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले नेपाल सरकारलाई विद्यालय लगायत हालसम्म बन्द रहेका संस्थाहरु खोल्न सिफारिस गरिसकेको छ । यद्यपि, सरकारले निर्णय भने गरिसकेको छैन । 

माघदेखि विद्यालय सञ्चालन गर्न सरकारको निर्णय कुरेको र सरकारको निर्णय आउन ढिला भए पनि आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरी विद्यालय सञ्चालन गरिने उनको भनाइ छ ।

तत्कालै विद्यालय खोल्न नहुने अविभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए । जाडोको समय भएकाले हिमाली र तराई क्षेत्रमा समस्या हुने तथा विदेशमा कोभिड–१९ को नयाँ संक्रमण फैलिएको भन्दै उनले जाडो मौसम सकिएपछि विद्यालय खोल्न उचित हुने तर्क गरे । वैकल्पिक रुपमै अध्यापन गराउन विद्यार्थीलाई स्रोत साधन उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।



देशभर कतै विद्यालय खुल्ने र कतै नखुल्ने हुँदा शैक्षिक क्षेत्र प्रभावित बनेको छ । कतिपय स्थानीय तह सरकारको आधिकारिक निर्णयको प्रतिक्षामा छन् भने कतिपय ठाउँमा विद्यालय सञ्चालनमा आए पनि प्रभावकारी रुपमा अध्यापन हुन सकेको छैन । 
 



  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार १७:३५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया