सरुवाको माग गर्दै दृष्टिविहीन शिक्षक आमरण अनशनमा

सरुवाको माग गर्दै सुर्खेतका एक शिक्षकले आमरण अनशन सुरु गरेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भित्रीखोलामा कार्यरत शिक्षक उत्तम विक घरपायक पर्ने विद्यालयमा सरुवा माग गर्दै नगर शिक्षा शाखामा आमरण अनसन बसेका हुन् । 

गुर्भाकोट–९ बोटेचौरका घर भएका विक दृष्टिविहीन हुन् । दृष्टिविहीन भएकै कारण टाढा जान गाह्रो भएको भन्दै उनी घरनजिकैको स्कुलमा सरुवा माग राखेर आमरण अनशनमा बसेका हुन् । 

हाल उनी कार्यरत स्कुल घरदेखि झण्डै चार घण्टाको दूरीमा पर्छ । जसका कारण विद्यालय जान–आउन समस्या हुने गरेको उनको गुनासो छ ।  

गुर्भाकोट नगरपालिकाले भने वडा नं. ९ कुनै पनि स्कुलमा दरबन्दी नभएका कारण सरुवा गर्न समस्या भएको बताएको छ । ‘उहाँले घरनजिकैको स्कुलमा सरुवा माग्नुभएको छ, तर बाटोचौर नजिकका कुनै पनि स्कुलमा दरबन्दी खाली छैन,’ गुर्भाकोट नगरपालिकाका कार्यकारी प्रमुख टेकबहादुर खत्रीले भने, ‘दरबन्दी नहुँदा शिक्षकले माग गरेको स्थानमा सरुवा गर्न समस्या भएको छ ।’ 

प्युठान जिल्लाबाट स्थायी शिक्षक बनेका उनी भित्रीखोलाको विद्यालयमा आउनुअघि सुर्खेतकै सिम्ता गाउँपालिकाको विद्यालयमा कार्यरत थिए ।
 





  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार १७:४६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया