कंगोमा जवानलाई यातना दिने सेनाका तीन क्याप्टेनलाई कारबाही

काठमाडौं : नेपाली सेनाले शान्ति स्थापनार्थ कंगोमा तैना जवानमाथि कुटपिटमा संलग्‍न तीनजना अधिकृतहरूमाथि कारबाही भएको छ।

सैनिक अदालतले तीनजना क्याप्टेनसहित सेनाका ९ जना सेनाका अधिकारीमाथि कारबाही चलाउने निर्णय लिएको हो। कारबाहीमा परेका ६ जना तल्लो दर्जाका सेना हुन्। 

सैनिक जवानलाई मरणासन्न हुने गरी कुटपिट गर्ने तीन सैनिक अधिकृतहरुको बढुवा एक वर्ष रोक्का गर्ने निर्णय अदालतले गरेको छ ।

गत असोज ८ गते कंगोमा सह-सेनानी इन्द्र थापा, सुवास हुमागाईँ र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई मरणासन्‍न हुने गरी कुटपिट गरेका थिए। 

शान्ति मिसनमा खटिएका सैनिक जवानलाई तीनजना क्याप्टेन (सह-सेनानी) ले कुटेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि उक्त घटना छानबिन गर्न एकजना सेनानीको नेतृत्वमा ‘कोट अफ इन्क्वायरी’ बनाइएको थियो।

सेनाले आफ्नो मिडिया नीतिविपरीत गतिविधि गर्नेसहित अरुलाई पनि भड्काउन खोजेको आरोपमा एकजना सैनिकलाई ६ महिना कैदसहित भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको छ।



सेनाको मिडिया नीति तथा सामाजिक सञ्जालसम्बन्धी नीति र आचारसंहिता विपरीत कार्य गर्ने दुई जनालाई दुई वर्ष बढुवा रोक्का भएको छ। त्यसैगरी एकजनालाई एक वर्ष बढुवा रोक्का र अर्कोलाई नसिहत दिइएको छ।

मादक पदार्थ पिएर आफूभन्दा माथिल्लो अधिकृतले सु-व्यवस्था कायम गर्न दिएको आदेशको अवज्ञा गर्ने एक जनालाई नसिहत दिइएको सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले बताए। 



  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार २२:३४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया