पाँचथर जिल्लामा आगलागीबाट दुई घर जलेर नष्ट भएको छ । कुम्मायक–१ ओखलढुंगामा तेजबहादुर थापाको गोठबाट आगो फैलिएर डिकबहादुर थापासमेतको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगलागीबाट थापाको ढुंगा माटोले बनेको फुसको छानो भएको तीनतले घर, ढुंगा माटोले बनेको फुसको छानो भएको दुईतले भान्छाघर, चौपाया राख्ने ढुंगा माटोले बनेको फुसको छानो भएको एकतले ग्वाली घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट नगद, गरगहना र अन्नपात जलेर नष्ट भएका छन् ।
यसै आगलागीमा परी डिकबहादुर थापाको तीनतले घर, चौपाया राख्न बनेको फुसको छानो भएको एकतले ग्वाली, भेडा नगद, गरगहना र अन्नपात जलेका छन् ।
स्थानीयवासी र इलाका प्रहरी कार्यालय यासोकबाट गएको टोलीले तीन घण्टा लगाएर आगो निभाएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक जानकारी लिँदा आगलागीमा ७० लाख बराबरको क्षति भएको आँकलन प्रहरीले गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।