जनचाहना अनुसार हिन्दुराष्ट्र स्थापना : ध्रुवबहादुर प्रधान

जनताको चाहना र राष्ट्रको आवश्यकताबमोजिम हिन्दुराष्ट्र पुनःस्थापना गर्नु वाञ्छनीय रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ध्रुवबहादुर प्रधानले बताएका छन् ।

‘प्रजातन्त्र भनेकै जनताको शासन हो । प्रजातान्त्रिक शासन पद्धतिमा जनमतको कदर हुनु अपरिहार्य छ । यसैले हिन्दुराष्ट्रको माग गर्दै देशव्यापी उर्लेको जनलहरको कदर गरेर देशमा हिन्दुराष्ट्र पुनःस्थापना गर्न जरुरी भएको छ,’ राप्रपाका सचिवालय प्रमुख प्रधानले महेशपुरमा आयोजित विरोध र्‍यालीलाई सम्बोधन गर्दै भने ।

र्‍याली नगर परिक्रम गरी विरोध सभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा, भ्रष्टाचार नियन्त्रण, सरकारको असफलता र प्रतिनिधिसभा विघटन विरुद्धमा नारा लगाइएको थियो ।





  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १२:३६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया