कन्टेन्ट चोरेपछि कमेडी च्याम्पियनबाट निष्काशित भए तपेश्वर

सिराहाका तपेश्वर सिंह ‘गोल्डेन की’ प्राप्त गरेर कमेडी च्याम्पियनको दोस्रो सिजनका लागि सिधै उत्कृष्ट २४ मा छनोट भएका थिए । तर, उनको यो खुसी उनको कन्टेन्ट चोरीको घटना बाहिर आएसँगै तुहिएको छ । उनलाई कन्टेन्ट चोरीको आरोपमा सोबाट निकालिएको छ । उनले अरुको कन्टेन्ट चोरी गरेको प्रमाणित भएपछि सोबाट निकालिएको निर्माण युनिटले जनाएको छ ।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले तपेश्वले भारतीय कमेडियनको कन्टेन्ट जस्ताको त्यस्तै कपी गरेर प्रयोग गरेको भेटिएको बताएका छन् । अरुबाट सिक्न सकिने तर, जस्ताको त्यस्तै चोरी गर्न नपाइने भएकाले उनलाई सोबाट हटाइएको भण्डारीको भनाइ छ । तपेन्द्रले प्राप्त गरेको ‘गोल्डेन की’ फिर्ता लिइँदै उनलाई टप २४ बाट निष्काशन गरिएको हो । उनको ठाउँमा अक्जल पुजारीलाई टप २४ मा प्रवेश गराइएको छ ।

डिजिटल अडिसनबाट छानिएका १८० जना प्रतिस्पर्धीहरुको गत पुस पहिलो साता फिजिकल अडिसन लिएर टप २४ प्रतिस्पर्धी छानिएको थियो । अहिले उत्कृष्ट २५ मा परेका प्रतिस्पर्धीहरुका प्रस्तुतिका भिडियो क्लिप्स युट्युबमा अपलोड भइरहेका छन् ।

आउँदो फेबु्रअरी ६ बाट सुरु हुने कमेडी च्याम्पियनको दोस्रो सिजन कान्तिपुर टेलिभिजन र कान्तिपुर एफएमबाट प्रत्यक्ष प्रसारण हुने छ । उत्कृष्ट १५ बाट भोटिङ सुरु हुने सोका विजेताले २५ लाख नगद पुरस्कारका साथमा कार प्राप्त गर्ने छन् । कमेडी च्याम्पियनको पहिलो सिजनमा हिमेश पन्तले उपाधि जितेका थिए ।





  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १३:४४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया