राष्ट्रिय एकताका प्रतीकका रूपमा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्तालाई प्रहरीले रोकेको छ ।
भद्रकालीमा जम्मा भएका कार्यकर्ताहरू शान्तिपूर्ण रुपमा सिंहदरबारको पश्चिम गेटमा रहेको शाहको सालिक तर्फ बढेका थिए ।
प्रहरी निषेधित क्षेत्र भन्दै त्यस उनीहरूलाई त्यहाँ पुग्न रोकेको थियो । कार्यकर्ताको नेतृत्व अध्यक्ष पशुपति शमशेरले गरेका थिए । पार्टी प्रतिनिधिका रुपमा राणा लगायत केहीलाई मात्रै जान दिइएको प्रहरीले बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।