‘पृथ्वीनारयण शाहको सालिकमा माल्यार्पण गर्न नदिनु सरकारको अलोकतान्त्रिक कदम’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न गएका कार्यकर्तामा प्रहरीले गरेको दमनप्रति चर्को आपत्ति जनाएको छ । 

राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराले पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममा सरकारले नागरिकको नैसर्गिक अधिकार र लोकतन्त्रविरोधी कार्य गरेको भन्दै त्यसको भर्त्सना गरेका हुन् ।

‘सरकारको लोकतन्त्र विरोधी कार्यको राप्रपाले सडकमा विरोध गरिरहने छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका देनलाई राप्रपाले सदैव उच्च सम्मान गरिरहनेछ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्र निर्माताप्रति श्रद्धाञ्जलि अर्पण गर्ने नागरिकहरूमाथि सरकारको क्रुर दमन अत्यन्त निन्दनीय छ, अन्यायपूर्ण छ । यसको म कडा शब्दमा भर्त्सना गर्दछु,’ राप्रपा अध्यक्ष राणाले सोमबार भने ।

भद्रकालीमा भेला भएर शान्तिपूर्ण रूपमा पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गर्न अघि बढेका नागरिक समूहलाई प्रहरीले रोक लगाएको थियो । त्यस क्रममा दुई पक्षबीच झडप भएको थियो ।

‘राष्ट्रिय आवश्यकताबमोजिम नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना भएरै छाड्छ । प्रजातन्त्रलाई सुढृद बनाउन, निष्पक्ष राष्ट्रप्रमुखका रूपमा, दलीय व्यवस्थाभन्दा माथि रहने पुरानो संस्था, राजसंस्था पुनःस्थापना हुनेछ,’ राणाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गरेपछि भने ।





  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १६:३४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया