सरकारको प्रस्तावलाई स्वीकार वा अस्वीकार गर्ने अधिकार राष्ट्रपतिमा छैन : शम्भु थापा
फरकधार / २७ पुस, २०७७
फाइल तस्बिर

नेपालको संविधानले संसद विघटन गर्ने सरकारको प्रस्तावलाई स्वीकार गर्ने अथवा अस्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई नदिएको वरिष्ट अधिवक्ता शम्भु थापाले बताएका छन् ।

जनता समाजवादी पार्टीले सोमबार काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले राष्ट्रपतिलाई संसद विघटनको प्रस्ताव स्वीकार गर्न वा अस्वीकार गर्न संविधानले कहीँ पनि अधिकार नदिएको बताए ।

संविधानमा नभएको व्यवस्थामा टेकेर आएको प्रस्तावलाई राष्ट्रपतिले स्वीकार गर्न नसक्ने जिकिर समेत गरे । उनले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रलाई विभाजन तर्फ लैजान खोजिएको आशंका समेत गरे ।

  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १९:१०:१०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया