प्रतिनिधिसभा पुन:स्थापना नभए संविधानै विघटन हुने : दमननाथ ढुङ्गाना
फरकधार / २७ पुस, २०७७

पूर्व सभामुख दमननाथ ढुंगानाले प्रतिनिधिसभा पुन:स्थापना नभए संविधान नै विघटन हुने बताएका छन् । जनता समाजवादी पार्टीले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ढुङ्गानाले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संविधानमाथि नै प्रहार गरेको दाबी गरे ।

देशमा बहादुर प्रधानमन्त्री भएजस्तै न्यायाधीशहरू ज्ञानी भएकाले प्रतिनिधिसभा पुन:स्थापना हुने विश्वास समेत उनले व्यक्त गरे । राष्ट्रपति संविधानको रक्षक भएको तर प्रधानमन्त्रीले संविधानसँग नमिल्ने सिफारिस ल्याउँदा सहजै सदर गरिनु राष्ट्रपतिको गरिमा भन्दा बाहिरको विषय भएको पनि बताए ।

प्रधानमन्त्रीले चाहँदैमा प्रत्येक ६/६ महिनामा चुनाव गर्न नहुने पनि बताए । चुनाव मात्रै प्रजातन्त्र नभएको पनि उनको भनाइ छ । चुनाव संविधानसम्मत मात्रै हुनुपर्ने उनको तर्क छ ।

  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १९:५२:२५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया