अहिले आरोप-प्रत्यारोप नगरी संविधानको रक्षामा जुटौं : बाबुराम भट्टराई
फरकधार / २७ पुस, २०७७
फाइल तस्बिर

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको विघटन मात्रै नगरी संविधानकै विघटन गरेको आरोप लगाएका छन् । उनले अहिलेको कदम लोकतन्त्रको विघटन भएको र लोकतन्त्रलाई विघटन गरी प्रतिगमन तर्फ देशलाई धकेलिएको बताए  । 

भट्टराईले अहिले आरोप-प्रत्यारोप नगरी संविधानको रक्षाका लागि जुट्न समेत आग्रह गरे । लोकतन्त्रमा देश जनताको प्रतिनिधि मुलक संस्थाविहीन बन्न नसक्ने भन्दै प्रतिगामी हर्कत गर्नेहरुलाई संसद पुन:स्थापना गरी उचित कानुनी दण्ड गर्नुपर्ने बताए । 

जनता समाजवादी पार्टीले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा देशलाई विभाजन गर्ने उद्देश्यले प्रतिनिधि सभाको विघटन गर्न खोजिएको सहभागीहरुले बताएका थिए । सरकारको प्रतिगामी कदमको विरुद्धमा सबै राजनीतिक दल, नागरिक समाज, कानुन व्यवसायी, संघसंस्था र नागरिक एक भएर विरोधमा उत्रिनुको विकल्प नरहेको पनि उनीहरुको भनाइ थियो ।


  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १९:५९:५२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया