सहकारी अभियान समाजवाद निर्माणको जग : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारी अभियान समाजवाद निर्माणको जगका रुपमा रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घको २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले सार्थक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानले अब गुनासो गर्न छाडेर आफ्नो जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन उनले आग्रह गरे । ‘सरकारका तर्फबाट सम्बोधन गर्नुपर्ने विषयलाई हामी एउटै टेबलमा बसेर समाधान गर्न तयार छौँ । त्यसका लागि तपाईंहरु तयार हुनुहोला । अब गुनासो गर्ने होइन, अग्रगामी रुपमा अगाडि बढ्ने हो,’ उनले  भने । 

गुनासोले मात्र गन्तव्यमा नपुगिने भन्दै मन्त्री पौडेलले आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गर्भनरसहित सहकारी अभियानकर्मीको सामूहिक र एकीकृत छलफल गरी समस्या समाधानमा पहल गरिने बताए । 

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले महासङ्घले सहकारीमा देखिएका चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा समाधान उपाय खोज्न आग्रह गरिन् । 





  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार २०:४१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया