कोरोनाको जोखिम अत्याधिक बढेपछि युरोपेली मुलुक जर्मनमा प्रतिबन्धहरु थप गरिने तयारी भएको छ ।
संक्रमणको जोखिम रोक्न भन्दै मंगलबार जर्मन चान्सलर एन्जेला मर्केलले विशेष बैठक डाकेकी छिन् । स्थानीय मिडियाहरुलाई उद्धृत गर्दै अन्तराष्ट्रिय मिडियाहरूले दिएका खबर अनुसार विभिन्न खाले प्रतिबन्धको तयारी गरिएको छ ।
फेब्रअरी १ सम्मका लागि स्कुल, कलेज बन्द गर्न तयारी छ । अत्यावश्यक पसलहरु मात्रै खोल्ने, व्यक्तिहरुलाई ९ किलोमिटरभन्दा बाहिर हिड्न नदिने, अर्काे देशबाट आउनेलाई १० दिन अनिवार्य क्वारेन्टिनमा राख्ने जस्ता प्रतिबन्ध लगाउने तयारी गरिएको छ ।
यात्राका लागि पनि प्रतिबन्ध लाग्न सक्नेछ । संक्रमणको जोखिम बढ्दै गएमा प्रतिबन्धहरु थप्ने योजना समेत बनाइएको छ । जर्मनमा अहिले दैनिक १७÷१८ हजारका दरले नयाँ संक्रमित थपिइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।