ओलीलाई २०१७ का महेन्द्र बनाउने चालबाजी : बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले ओलीलाई राजा महेन्द्र बनाउने प्रयास भएको बताएका छन् । भारतीय टेलिभिजनमा सोमबार प्रसारित अन्तर्वार्ता विषयान्तर गर्नका लागि प्रयोजित रहेको ठहर भट्टराईले गरेका छन्। 

मंगलबार बिहान ट्विटर मार्फत आफ्ना भनाइ राख्दै उनले ओलीलाई २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी देखाउने चालबाजी मात्रै भएको बताएका हुन्। 

‘प्रतिगमनलाई मत्थर गर्न, विषयान्तर गर्न र अन्ततः २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की,साहसी, कसैसँग नझुक्ने आदि इत्यादि प्रायोजित पगरी भित्री–बाहिरी शक्तिहरूबाट गुथाइनेछ’ भट्टराईले भनेका छन्। 

 नेपाली जनता र देशलाई निरङ्कुशता, अल्प विकास, परनिर्भरतामा अल्झाइ राख्ने चालबाजी मात्रै भएको दावी  भट्टराईले गरेका छन्। 






  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार ९:१८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया