झापाको भुटानी शरणार्थी शिविरमा आगलागी, एक जनाको मृत्यु
फाइल फोटो

झापामा आगलागीमा परी एकजनाको मृत्यु भएको छ । झापा दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गएराति भएको आगलागीमा परी भुटानी शरणार्थी शिविरको सेक्टर नं डि ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्षघातमा बिरामी रहेका राई आगलागीपछि भाग्न नसकेको र छाप्रामै जलेर मृत्यु भएको हो । 

राई शिविरको बाँसले बारेको टिनको छानो हालिएको छाप्रामा बस्दै आएका थिए । आगलागीबाट छाप्रामा रहेको नगद तीन लाख, सुन चाँदी,  लत्ताकपडा, खाद्यान्न जलेर नष्ट प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी र दमक नगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो  । 





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार ९:४५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया