भारतबाट लैजाने कोरोना खोप अतिगोप्य ठाउँमा लुकाउँदै दक्षिण अफ्रिका

दक्षिण अफ्रिकामा कोरोना भाइरस(कोभिड–१९) को खोप चोरी र दुरुपयोग हुन नदिन विशेष सतर्कता अपनाइने भएको छ । 

केही हप्तापछि भारतबाट लैजाने १५ लाख कोरोना खोपलाई गोप्य रुपमा स्टोर गर्ने तयारी गरिएको छ । खोप चोरी हुने र कालो बजारी हुने डरले यस्तो तयारी गरिएको दक्षिण अफ्रिकाको स्वास्थ्य विभागका प्रवक्ता पोपो  माजाले जानकारी दिएका छन् । 

केन्द्रमै अति गोप्य ठाउँमा खोप भण्डारण गरेर राख्ने र त्यहीँबाट अस्पतालत तथा क्लिनिकलाई आवश्यकता हेरेर वितरण गरिने माजाले बताएका छन् । 

खोप कालो बजारियाको हातमा परेमा दुरुपयोग हुने र बजारमा उच्च मूल्य हुने आशंकामा यस्तो तयारी गरिएको प्रवक्ता माजाको भनाइ छ । 

पहिलो चरण सरकारी तथा निजी अस्पताल, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई खोप दिने तयारी दक्षिण अफ्रिकाले गरेको छ । 





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १०:४६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया