मन्त्री ठगुन्नालाई बझाङका युवाले देखाए कालो झण्डा

बझाङमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नालाई युवा विद्यार्थीले कालो झण्डा देखाएका छन् ।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका कार्यकर्ताले ओली समूहले आयोजना गरेको कार्यक्रममा उपस्थिति हुन आएका मन्त्री ठगुन्नालाई बझाङ सदरमुकाम चैनपुरमा कालो झण्डा देखाएका हुन् ।

ओली समूहले सदरमुकाममा आयोजना गरेको जिल्ला भेलाका प्रमुख अतिथि समेत रहेका मन्त्री ठगुन्नालाई युवा विद्यार्थीको समूहले ‘प्रतिगमन मुर्दावाद, प्रतिनिधिसभा पुनःस्थापना गर’ जस्ता नारा लगाउँदै कालो झण्डा देखाएका हुन् ।

भेलामा ओली समूहका नेताहरु भैरव बहादुर र ऐन महर लगायतको सहभागिता रहेको छ ।





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १५:२१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया