आधिकारिक नेकपा हामी नै हौँ, सूर्य चिन्ह पनि हाम्रै हुन्छ : प्रचण्ड
फरकधार / २८ पुस, २०७७

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (दाहाल-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधिकारिक पार्टी आफ्नै समूहको हुने दाबी गरेका छन्। पोखरामा आयोजित कार्यकर्ता भेला तथा अभिमुखीकरणका क्रममा बोल्दै अध्यक्ष प्रचण्डले आधिकारिक नेकपा र सूर्य चिन्ह पनि आफुहरुकै समूहको हुने बताएका हुन्।

'तपाईंहरु ढुक्क हुनुस्, नेकपा पार्टी र सूर्य चिन्ह हाम्रै हुन्छ', दाहालले भने, 'आँधीहुरी बतासले पनि यो कुरालाई रोक्न सक्दैन।' हिजो निर्वाचन आयोगमा जाँदा आफूहरुलाई कसैले नहप्काएको उनले दाबी गरे। 'केपी ओलीका मान्छेले हप्काएर पठायो भनेर चर्चा गरेका छन्', उनले भने, 'तर तपाईंहरु ढुक्क भए हुन्छ, निर्वाचन आयोगले हाम्रै पक्षमा निर्णय लिने छ।

आफ्नो साथ छाडेका नेताहरुलाई दाहालले बिहान रिसाएर हिँडेका छोराछोरीको संज्ञा दिए। 'बिहान रिसाएर हिँडेका छोराछोरीलाई आमाले उस्तै माया गर्छिन्', उनले भने, 'बिहान रिसाएर हिँडे पनि बेलुका फर्किँदा हामी उनीहरुलाई त्यस्तै स्वागत गर्न तयार छौँ।'

  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १५:३०:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया