अब सडकमा टाउको फुटाउने हाम्रो पालो आयो : प्रचण्ड
ओलीको कदम सच्याउन केही महिना लाग्ने दाबी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (दाहाल-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सडक भर्नुपर्ने बताएका छन्। पोखरामा आयोजित कार्यकर्ता भेला तथा अभिमुखीकरणका क्रममा बोल्दै दाहालले सडक आन्दोलनबाट ओलीको कदमलाई उल्ट्याउनुपर्ने बताएका हुन्।

'गणतन्त्रका लागि पहिले गिरिजाप्रसाद र माधवजीहरुले सडकमा बसेर टाउको फुटाउनु भएको थियो। अब सडकमा टाउको फुटाउने हाम्रो पालो आएको हो कि?', उनले भने, 'तपाईंहरु तयार हुनुहुन्छ? प्रतिगमनविरुद्ध फेरि एक पटक विद्रोह र आन्दोलन गर्नुपर्ने हो कि?'

प्रचण्डले हिजो पनि टाउकोमा कफन बाँधेर हिँडेको बताउँदै अब केपी ओलीको उखान, टुक्का र प्रहसनलाई पराजित गर्न सडक भर्नुपर्नेमा जोड दिए। 'केपी  ओलीले कलंकको टीका लगाइसकेका छन्। अब हामीले फेरि एक पटक विद्रोह गर्न तयार हुनुपर्छ', उनले भने, 'केही महिना सडकमा मिहिनेत गर्न सकियो भने केपीको पतन चाँडै हुनेछ। हामीले अबको केही महिनामा यो प्रतिगमनलाई सच्याउन सम्भव छ।'





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १५:४६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया