नयाँ कृषि कानुन कार्यान्वयनमा अदालतको रोक
फाइल फोटो

भारतको सर्वोच्च अदालतले मोदी सरकारले ल्याएको कृषिसम्बन्धी नयाँ कानुन कार्यान्वयनमा रोक लगाएको छ ।

कृषिसम्बन्धी कानुनको विषयमा परेको रिटमा मंगलवार सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्कालका लागि यो कानुनमा रोक लगाउने आदेश जारी गरेको हो ।
भारतमा करिब ५० दिनदेखि यो कानुनको विरोधमा किसानले प्रदर्शन गर्दै आएका थिए ।

उनीहरुले कृषि कानुन खारेज हुनुपर्ने माग गर्दै आएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले भने कृषि कानुन किसानको हितलाई ध्यानमा राख्दै ल्याइएको बताउँदै आएको छ ।

किसानले भने यो कानुनले आफूहरुले यसअघि पाउँदै आएको सुविधा पनि गुम्ने र पुँजीपति वर्गलाई मात्र फाइदा पुग्ने भन्दै धर्ना तथा विरोध  प्रदर्शन गर्दै आएका छन् ।





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १७:११:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया