बिपी क्यान्सर अस्पतालकी एक नर्स झुण्डिएको अवस्थामा फेला परिन्

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत एक नर्स झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।

२३ वर्षीया स्टाफ नर्स लक्ष्मी जोशी चितवनको कृष्णनगरमा आफ्नै डेरामा सोमबार झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनी सोमबार ३ बजे मृत फेला परेको अस्पतालले जनाएको छ । सोमबार १ बजेको नियमित ड्युटीमा नआएपछि साथीहरु डेरामा पुग्दा उनलाई पङ्खामा झुण्डिएको अवस्थामा फेला पारेका थिए । 

अस्पतालकी स्थायी कर्मचारी जोशीले सो अस्पतालमा ०७६ असारदेखि काम गरेकी हुन् ।





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १८:४३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया