ओली समूहका सुदूरपश्चिम अध्यक्ष सवार गाडीमा दाहाल-नेपालको ढुंगामुढा

काठमाडौं : नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा चढेको गाडीमा पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहको नेकपाका कार्यकर्ताले आक्रमण गरेका छन्। 

नेकपा ओली समूहले अछाममा गरेको बिस्तारित बैठकमा भाग लिएर फर्किरहेका थापा सवार प्रदेश ३-०१०२३ च ७०६९ नम्बरको गाडीमा दाहाल-नेपाल समूहका कार्यकर्ताले ढुंगामुढा गरेका हुन्। 

आक्रमणमा दाहाल-नेपाल समूहनिकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुका कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। 

बैठक सकिएपछि प्रहरी स्कर्टिङमा अछामबाट बाहिरिँदै गरेका थापा चढेको गाडीमा ढुंगामुढा प्रहार भएको पुष्टि अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले गरेका छन्। आक्रमणमा संलग्नको खोजी भइरहेको उनले बताएका छन्। 


 





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १८:४८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया