शीर्ष स्थानमा बलियो बन्दै एट्लेटिको मड्रिड, बार्सिलोना र रियल निकै पछाडि
फरकधार / २९ पुस, २०७७

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले आफूलाई शीर्ष स्थानमा बलियो बनाउँदै लगेको छ । गएराति भएको खेलमा सेभिल्लालाई २–० ले हराउँदै एट्लेटिको मड्रिड तीन अंक जोड्न सफल भएको हो । 

एट्लेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलमा सेभिल्लामाथि सहज जित निकाल्न सफल भएको हो । 

एट्लेटिको मड्रिडका लागि पहिलो गोल खेलको १७औं मिनेटमा एन्जेल कोरेआले गरेका थिए । पहिलो हाफमा १–० ले अगाडि रहेको एट्लेटिको मड्रिडका लागि ७६औँ मिनेटमा दोस्रो गोल साउल निगुइजले गरे । 

जितपछि १६ खेलबाट ४१ अंक बनाए र एट्लेटिको मड्रिड शीर्ष स्थानमा यथावत छ । समान १८ खेल खेलेका रियल मड्रिड ३७ र बार्सिलोना ३४ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । 

बार्सिलोना र रियल मड्रिडभन्दा अझै दुई खेल कम खेलेका ले यस सिजन एट्लेटिको मड्रिडले आफूलाई उपाधि होडमा निकै बलियो बनाएको छ । 

  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार ७:४३:३६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया