बालुवाटारको भर्‍याङ चढेर जी न्युजले सुरु गर्‍यो सगरमाथाको नाम फेर्ने अभियान
प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिन नेपाल आएका थिए चाैधरी !

अहिले सामाजिक सन्जालमा खुब हिट भएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टिभी च्यानल जी न्युजका दुई टिभी जी न्युज र डब्लूआइओएनलाई दिएको अन्तर्वार्ता । 

एउटै मिडियाबाट सन्चालित यी दुवै टिभी कार्यक्रममा प्रधानमन्त्री ओलीले केही दिनअघि मात्र अन्तर्वार्ता दिएका थिए । लिपुलेक र लिम्पियाधूरा नेपालको भएको, भारतीय प्रधानमन्त्री र आफू समकक्षी भएको भन्दै ‘राष्ट्रवादी’ प्रमाणित गर्न प्रधानमन्त्री ओलीले दिएको यो अन्तर्वार्ताको चर्चा अहिले सामाजिक सन्जालमा निकै बढेको छ ।

तर, प्रधानमन्त्री ओलीको अन्तर्वार्ता प्रशारण भएको एक दिन पछि मात्र यही टिभी च्यानल जी न्यूजमा जे प्रसारण भएको छ, त्यो नेपालीका लागि निकै आपत्तिजनक छ ।

प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिन नेपाल आएका जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले एक त्यस्तो रिपोर्ट तयार पारेका छन्, जसले दाबी गरेको छ, सगरमाथाको नाम फेरिनु पर्छ र सगरमाथामाथि भारतको पनि दाबी हुनुपर्छ ।

काला पत्थरबाट तयार पारिएको यो रिपोर्टमा सुधिरले प्रष्टसँग भनेका छन्– सगरमाथाको नाम किन भारतीय नाम नराखिएको ? अनि उनी चाहन्छन्, अब सगरमाथाको नाम फेर्नका लागि भारतमा एउटा अभियान चलाइयोस् ।



स्मरण रहोस्, सुधिर र जी न्यूजले यसअघि पनि बारम्बार लिपुलेक र लिम्पियाधूरा भारतकै भएको, नेपाली प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ राजदूत होउ यान्छीसँगको प्रेममा परेको र नेपालीहरुका लागि भारतीय सेनाको आवश्यकता नै नभएको, पत्रकार नै काफी भएको बारम्बार बताउँदै आएका थिए ।

यसपटक बालुवाटारमा रेड कार्पेटमा न्यानो स्वागत पाएका सुधीरले मंगलबार साँझ र बुधबार विहान जी न्यूजमा प्रसारण गरेको टिभी कार्यक्रममा भनेका छन्, ‘एभरेस्टको नाम माउन्ट सिकदर किन नराखिएको ?’



सुधीरले लिएको यो नाम हो, भारतीय गणितीज्ञ राधानाथ सिकदरको । 

नेपालको सगरमाथाको नाम फेरिनु पर्ने मात्र होइन, सगरमाथामाथि भारतको दाबी पनि हुनु पर्ने अभियान नै अब चौधरीले सुरु गरेका छन् ।। उनको अभियानको नाम हो– माउन्ट एभरेष्टमाथि भारतीय दाबी ।

यसअघि बारम्बार नेपाल र नेपाली नागरिकमाथि विवादित र नित्कृष्ट सामग्री प्रकाशन र प्रशारण गर्दै आएका चौधरीले यसपटक काला पत्थरमा नै पुगेर यो अभियान सुरु गरेका हुन् । 

भारतमै पनि बारम्बार विवादमा आउने र पछिल्लो समय प्रधानमन्त्री नरेन्द्र मोदीको काखको भएकाले गोदी मिडिया भनेर चिनिने जी न्यूज र चौधरीले यसपटक सबैभन्दा पहिले बालुवाटारको स्वागत पाए । त्यही स्वागतका कारण उनी सगरमाथाको बेस क्याम्प पुगे । र, सुरु गरे सगरमाथामाथि भारतीय दाबी अभियान !

  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार ११:४६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया