यातायात व्यवस्था विभागले हटायो लाइसेन्स आवेदनको सीमा

यातायात व्यवस्था विभागले कोरोना महामारीको कारण देखाउँदै सवारी लाइसेन्स आवेदनमा लगाएको सीमा हटाएको छ । विभागले यसअघि तोकेको दैनिक ५ हजारको सीमा हटाएको हो । 

कोभिड महामारीका कारण गत चैतदेखि बन्द सबारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन खुला भए पनि सीमा तोकिएपछि आवेदन भर्न समस्या भएको गुनासो सेवाग्राहीबाट आउन थालेको थियो । लाइसेन्सका लागि आवेदन भर्दा समस्या नहोस् भनेर यसअघिको सीमा हटाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालको भनाइ छ ।

विभागको सर्भरमा देखिएको समस्याका कारण फारम भर्न समस्या आएको थियो । विभागको सर्भर नै नखुल्ने, खुले पनि फारम भरिसकेपछि आवेदन अप्लाई नहुने जस्ता समस्या देखिएको थियो ।

दैनिक निश्चित कोटा निर्धारण गरिएकाले कोटा सकिँदा सेवाग्राहीले आवेदन फारम भर्न नपाएको विभागले बताएको थियो । गुनासो बढेपछि उक्त समस्या समाधानका लागि निश्चित कोटा प्रणाली हटाइएको विभागले जनाएको छ ।

हाल विभागले अहिले बिहान ६ बजेदेखि राति १० बजेसम्म आवेदन भर्न मिल्ने व्यवस्था गरेको छ । यद्यपि, विभागले आइतबारदेखि बुधबारसम्म मात्र लाइसेन्सका लागि आवेदन भर्न मिल्ने व्यवस्था गरेको छ । 





  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १३:२८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया