महानगरीय अपराध महाशाखाले प्रतिबन्धित बाघको छालासहित एकजनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा अपराध महाशाखाको टोलीले मनमैजुबाट पक्राउ गरेको जनाइएको छ । प्रहरीले बाघको छालासहित मनमैजुबाट लमजुङ दूधपोखरी घर भएका ५३ वर्षीय वृषराज घलेलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता ईश्वर कार्कीले जनाए ।
उनका अनुसार प्रतिबन्धित बाघको छाला बिक्री–वितरण गर्न लागेको सूचना आएपछि प्रहरीले छापामारी उनलाई पक्राउ गरेको हो । प्रहरीले ६ फिट २ इन्च लम्बाइ र १ फिट २ इन्च चौडा भएको बाघको छाला उनको कोठाबाट बरामद गरेको जनाएको छ ।
थप कारबाहीका लागि उनलाई जिल्ला वन कार्यालय हात्तिसारमा पठाइएको अपराध महाशाखा प्रवक्ता कार्कीको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।