युरोपियन इकोनोमिक चेम्बर (इइसी) को अध्यक्षमा बजाज

युरोपियन इकोनोमिक चेम्बर (इइसी)को नेपाल अध्यक्षमा नारायण बजाज चयन भएका छन् । इइसीको हालै सम्पन्न १३औं वार्षिक साधारणसभाले सर्वसम्मत रुपमा बजाजलाई अध्यक्षमा चयन गरेको हो ।  

सभाबाट  बजाजको अध्यक्षतामा  २०२१–२०२४ का लागि नयाँ कार्यकारी समितिसमेत चयन भएको छ । साधारणसभाबाट  इइसीको उपाध्यक्षमा लक्ष्मी शर्मा, पुष्पदास श्रेष्ठ तथा राजेन शर्मा चयन भएका छन् । 

त्यसैगरी महासचिवमा दिपेन्द्र पी. प्रधानाङ्ग चयन भएका छन् भने कोषाध्यक्षमा अनिन राजभण्डारी चुनिएका छन् ।

चेम्बरको कार्यकारी सदस्यमा बद्री कोइराला, संजय अग्रवाल, अशोकमान कपली, कृष्ण ज्योति शाक्य र  सिद्धार्थमणि राजभण्डारी चयन भएको बताइएको छ । 

सभामा प्रस्तुत संस्थाको वार्षिक प्रतिवेदन तथा लेखा परीक्षकको प्रतिवेदनसमेत सर्वसम्मत रुपमा पारित भएको छ । 

सभाकै अवसरमा विभिन्न व्यक्तिलाई पदक तथा सम्मान पत्रद्वारा सम्मानित समेत गरिएको थियो ।




 



  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १४:३६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया