ओलीमाथि प्रचण्डको कटाक्ष : हामी उखान टुक्का हान्‍न र कमेडी शो गर्न आएका होइनौँ

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बताएका छन्। दाहाल-नेपाल समूहले काठमाडौंमा गरेको बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र यसरी आक्रमणमा परेको छ त्यसको रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ', उनले भने, 'राष्ट्रलाई संकटबाट निकाल्न हामी यहाँ जुटेका छौं। हामीले नै अध्यक्ष मानेको एउटा मान्छेबाट हाम्रो अहिलेसम्मको उपलब्धी धरापमा परेको छ, एम्बुसमा परेको छ। त्यसलाई बचाउन हामी यहाँ जुटेका हौं।'

उनले सम्बोधनको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गर्न भ्याए। 'हामी यहाँ कमिक गर्न र प्रहसन देखाउन जुटेका छैनौँ', दाहालले भने, 'हामी उखान टुक्का भनेर हँसाउने कमेडी शो गर्न पनि आएका छैनौँ।'

दाहालले ओलीप्रति लक्षित गर्दै मानिसहरुलाई भ्रम बाँडेको पनि बताएका छन्। 'हामी यहाँ मानिसहरुलाई द्विग्भ्रमित बनाउन पनि जुटेका छैनौँ', उनले भने, 'हामी यहाँ गुम्न लागेका उपलब्धीको रक्षाका लागि जुटेका छौं।'






  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १४:५४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया