प्रचण्डले भने– हाम्रो नेकपाको पहिलो अध्यक्ष माधव नेपाल

नेकपा प्रचण्ड–नेपाल समूहका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले उनको समूहको नेकपाको अध्यक्ष माधवकुमार नेपाल भएको बताएका छन् । 

कमलादीमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अहिले नेकपाको पहिलो अध्यक्ष माधवकुमार नेपाल भएको बताएका हुन् । 

‘ओलीले माधव नेपालले एमाले सकाएर प्रचण्डसँग मिल्न गयो भनिरहेका छन्,’ प्रचण्डले भने, ‘तर, म माधव नेपालसँग मिल्न आएको हुँ, उहाँ पहिलो अध्यक्ष हो ।’

उनले ओली पक्षले अहिले निकै धेरै भ्रमहरु फैलाएको बताएका छन् । यसका लागि पनि मिलेर अगाडि बढ्न उनले कार्यकर्ता भेलालाई सम्बोधनमा बताएका छन् ।






  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १५:२४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया