नेकपामा नेपाल–प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली तानाशाह हुँदै गएको आरोप लगाएका छन् ।
नेकपाको यो समूहले गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रचण्डले ओली तानाशाही प्रवृत्ति निस्किँदै गएको बताएका छन् । उनले अहिले आफ्नो माधव नेपालप्रति सम्मान बढेको छ ।
‘उहाँलाई एक नम्बर अध्यक्ष मान्दा आनन्द भएको छ,’ प्रचण्डले भने, ‘तर, अहिले आनन्द आएको छ ।’
प्रचण्डले यो कार्यक्रममा ओली तानाशाही भएको र आफूले त्यस प्रवृत्तिविरुद्ध गरेको प्रचण्डले बताएका छन् । उनले पार्टी एक भएको तीन वर्षमा आफूले केपीलाई निकै तेल लगाएको तर उनमा कुनै परिवर्तन नभएको बताएका छन् ।
‘कुकुरको पुच्छर,’ उनले भनेका छन् ।
आजको कार्यक्रममा प्रचण्डले केपी ओलीलेजस्तै विभिन्न उखान टुक्काको प्रयोग बढी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।