काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका एकजना अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुटको पुलिन्दाको संज्ञा दिएका छन्। दाहाल-नेपाल समूहले काठमाडौंमा गरेको बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
'प्रधानमन्त्री ओलीजी झुटका पुलिन्दा हुन्। उनले के बोलिरहेका छन् थाहा पाइँदैन, केपी ओलीसँग कम्युनिष्ट सिद्धान्तप्रति कुनै प्रतिवद्धता छैन', उनले भने, 'उहाँ फोहोरको डंगुर हो, डुङडुङी गन्हाउँदा पनि शरीरमा बोक्नु परेको छ भनेर वामदेव कमरेडले भन्नु भएको थियो। अहिले पनि वामदेव कमरेडलाई सुधार्न बालुवा पेलिरहनु भएको छ। तर केपी ओली सुध्रिने मान्छे होइनन्। उहाँ भाँचिन तयार हुनुहुन्छ तर झुक्न जान्नु हुन्न।'
ओलीले अहिले नेतृत्व गरिरहेको नेकपाको एउटा समूहलाई पनि नेपालले सडक छापको संज्ञा दिए। 'ओली आफैं बेकामे हुन्। ओलीको पार्टी सडक छाप हो। उनलाई अस्वीकार गर्नेहरु बढेका छन्', नेपालले भने, 'त्यो ६ पार्टी होइन, पार्टी पौवा पनि होइन, त्यो सडक पनि होइन, सडकको धुलो मात्रै हो।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।