‘न्यायालय, अब तिम्रै आस छ, सार्वभौम नागरिकको साथ छ’
फरकधार / २९ पुस, २०७७

विवेकशील पार्टीले बुधबार माइतीघर मण्डलमा ‘न्यायालय, अब तिम्रै आस छ, सार्वभौम नागरिकको साथ छ !’ भन्ने नाराका साथ संसद विघटनको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते गरेको संसद विघटनको असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालतमा हाल मुद्दा विचाराधीन छ ।

‘संविधानका कुनै निश्चित धारामा नटेकिइकन लिइएको उक्त कदमले पार्ने नजिरलाई ध्यानमा राखी, संविधानका निश्चित धारा, उपधारालाई मध्यनजर गरी, यस विषयमा हाम्रै अदालतका विगतका नजिरहरूलाई ध्यानमा राखी र यसले सिर्जना गरेको अनिश्चिततालाई सन्दर्भमा लिएर सत्ताको दबाब वा प्रभावमा नपरी उक्त मुद्दालाई यथाशक्य चाँडो टुङ्ग्याउन सार्वभौम नागरिकहरूको साथ छ ।’ कार्यक्रममा सहभागी अभियन्ता लक्ष्मण श्रेष्ठले भने । 

विवेकशील साझासँगको एकतामा सहभागी नभएको विवेकशील दलले माइतीघर मण्डलामा हरेक दिन बिहान साढे १० प्रदर्शन गरिरहेको छ ।

  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १६:१८:३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया