प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको संवैधानिक इजलासमा भइरहेको सुनुवाइ शुक्रबारसम्मका लागि सरेको छ। संवैधानिक इजलासबाट पूर्ण इजलासमा लैजाने/नलैजाने विषयमा चलेको बहसपछि मुद्दा हेर्दा हेर्दैमा शुक्रबारसम्मलाई स्थगित भएको हो ।
आजको सुनुवाइका क्रममा बहस गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संवैधानिक इजलासले यो मुद्दा हेर्न नमिल्ने जिकिरसहित बृहत पूर्ण इजलास माग गरेका थिए। श्रेष्ठको उक्त मागमा महान्यायाधिवक्ता अग्नि खरेलले असहमति जनाएका छन्। प्रधानन्यायाधीश राणाले महान्यायाधिवक्ताको धारणा सोधेपछि खरेलले यस्तो उत्तर दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।