विप्लव समूहका कमाण्डर धर्मेन्द्र बाँस्तोला पक्राउ

प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको  नेकपाका पश्चिम कमाण्डर प्रमुख धर्मेन्द्र बाँस्तोललाई पक्राउ गरेको छ ।

उनलाई काठमाडौं उपत्यकाभित्रैबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसबारेमा थप अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

यसअघि मंगलबार प्रहरीले सो समूहका दलित मुक्तिमोर्चाका उपत्यका ब्युरो इन्चार्ज वृषबहादुर  बोहोरालाई पक्राउ गरेको थियो ।  





  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १६:४८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया