ओलीले आफू हार्ने चुनाव गर्दैनन्, सडकबाटै फाल्नुपर्छ : डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले तोकेको निर्वाचन कुनै पनि हालतमा चुनाव नहुने ठोकुवा गरेका छन् ।

संसद विघटनविरुद्ध जसपाले पोखरामा आयोजना गरेको विरोधसभामा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हार्ने चुनाव नगर्ने बताएका हुन् ।

भट्टराईले प्रधानमन्त्री ओलीले नक्कली राष्ट्रवादको खोल ओढेर सत्तामा पुगेको आरोप लगाउँदै ओलीको हिटलरी प्रवृत्ति सडकबाटै फाल्नुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री ओली प्रवृत्तिलाई ‘पकेटमार’ प्रवृत्तिको संज्ञा दिँदै उनले प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म आफूहरु आन्दोलनमै रहने चेतावनी दिए । ओलीको कदमविरुद्ध जुट्नसमेत उनले सबैलाई आग्रह गरे । 






  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १८:५०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया