महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु
फरकधार / २९ पुस, २०७७

महोत्तरी जिल्लाबाट बुधबारदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु भएको छ । 

प्रमुख जिल्ला अधिकारी केशव विमलीले आज जिल्लाका ज्येष्ठ नागरिक नेपाल पत्रकार महासङ्घ महोत्तरीका पूर्वअध्यक्ष एवं तत्कालीन मटिहानी गाउँ विकास समितिका अध्यक्ष ८६ वर्षीय पत्रकार विन्देश्वरीप्रसाद मण्डललाई परिचयपत्र वितरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डललगायत जिल्लाका अन्य व्यक्तित्वहरुलाई पनि आजै राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो ।

महोत्तरीमा ०७६ साल साउन १३ गतेदेखि सुरु भएको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता कार्यक्रमअन्तर्गत आजसम्म २१ हजार २५९ जनाको विवरण दर्ता भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । सोमध्ये ०७६ भदौ ८ गतेसम्म दर्ता भएका दुई हजारजनाको राष्ट्रिय परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया आजदेखि सुरु भएको हो ।

त्यसैगरी, आजदेखि विवरण सङ्कलनको काम र परिचय वितरणको कामसँगसँगै हुने प्रजिअ विमलीले बताए । राष्ट्रिय परिचयपत्रका लागि अहिले महोत्तरीमा दैनिक औसतमा सयजनाको विवरण सङ्कलन हुँदै आएको छ । 

  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार २०:१४:२८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया