माघेसंक्रान्तिको शुभकामना दिँदा पनि भष्मासुरकै कुरा
फाइल फोटो

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले माघेसंक्रान्तिको शुभकामनामा पनि भष्मासुरकै प्रसंग जोडेका छन् । उनले सबै जाति/समुदायले उत्साहसाथ मनाउने सांस्कृतिक पर्व माघी/माघेसंक्रान्ति/मकर संक्रान्तिको उपलक्ष्यमा कलियुगको भष्मासुर परास्त गर्ने शक्ति मिलोस भनी शुभकामना दिएका छन्। 

बिहीबार बिहान ट्विटर मार्फत शुभकामना दिँदै भट्टराईले भष्मासुरको रूपमा उदय भएको र आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस् भनी शुभकामना दिएका हुन्।

भट्टराईको भष्मासुर भन्ने उपमाले बेलाबेलामा निकै चर्चा पाउने गरेको छ ।  गत बैशाखमा उनले रेडियो नेपालको एक कार्यक्रममा प्रधानमन्त्री ओलीलाई भष्मासुरको उपमा दिएपछि निकै विवाद भएको थियो । 

प्रधानमन्त्री कार्यालयको दवावमा रेडियो नेपालले त्यो कार्यक्रमको रेकर्ड हटाउनुका साथै माफी समेत मागेको थियो । 

हरेक अभिव्यक्ति तथा सम्बोधनहरुमा भट्टराईले प्रधानमन्त्री ओलीको कदम भष्मासुर प्रवृत्ति भएको भन्दै आएका छन्





  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार ९:७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया